Logo

राजनीति

प्रधानमन्त्री ओली नेपाल पक्षका नेताहरु फकाउँदै, चार नेतालाई बालुवाटार बोलाए



प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको विवादको हल खोज्न नेता माधवकुमार नेपालसहितका चार नेतालाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरु नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बोलाएका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहालसँग विवाद बढेपछि ओलीले आन्तरिक छलफललाई तिव्रता दिएका छन् ।

उनले आफूपक्षमा रहेका नेताहरुको अनौपचारिक भेला पनि गरिरहेका छन्, जुन आज काठमाडौंमा समेत भएको छ । नेता नेपाललाई यसअघि पनि ओलीले कात्तिक ४ र ११  गते बालुवाटारमा बोलाएर निकासका लागि पहल गरेका थिए ।

पार्टीमा अब नेतृत्व लिनेगरी अघि बढ्न पनि नेपाललाई ओलीले आग्रह गर्दै आएका छन् भने सार्वजनिकरुपमा अब नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार  ३ : ०१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।