अमेरिकामा राष्ट्रपति निर्वाचनको नतिजा आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीमा पनि मतभेद देखिन थालेको छ । पूर्वराष्ट्रपति जर्ज डब्लू बुसले डेमोक्रेट उम्मेदवार जो बाइडेनको जितमा उनलाई बधाई दिएका मात्र छैनन्, चुनाव निष्पक्ष भएको पनि बताएका छन् ।
तर, ट्रम्पसहित रिपब्लिकन पार्टीका केही नेताहरुले अहिले पनि ट्रम्पको हार स्वीकार गर्न नसकिने बताउँदै आएका छन् । अमेरिकाको तल्लो सदनका नेता केभिन म्याकर्थीले पहिले कानुनमाथि विचार गर्नु पर्ने बताएका छन् ।
अर्कोतिर ट्रम्पले यो चुनाव धाँधली भएको भन्दै बारम्बार ट्विट गरिरहेका छन् । उनले मतदान र मत गणनामा पनि धाँधली भएको आरोप लगाइरहेका छन् । कतिसम्म भने उनले विपक्षी दलका नेताहरुलाई चुनावमा चोरी गरेको आरोप पनि लगाएका छन् ।




















प्रतिक्रिया