नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि खालि रहेको सोही पदमा शाक्यलाई ऊर्जा मन्त्रालयले सोमबार निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
घिसिङको कार्यकाल सकिएपछि यसअघि भने ऊर्जा मन्त्रालयले निमित्त कार्यकारी निर्देशकको जिम्मा लेखनाथ कोइरालालाई दिएको थियो ।
शाक्यलाई कार्यकारी निर्देशक बनाउने उद्देश्य अनुसार नै प्राधिरकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो ।




















प्रतिक्रिया