अमेरिकाका नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले चुनाव जितेपछि कोरोना महामारीसँग जुध्नका लागि कोभिड–१९ टास्क फोर्स गठन गरेका छन् । १३ सदस्यीय टास्क फोर्समा तीन सह-अध्यक्ष र एक सदस्य छन्। यस विषयमा बाइडनेले वैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बताएका छन्।
उनले भने, ‘कोरोना महामारी नियन्त्रण गर्नु मेरो प्रशासनको पहिलो प्राथमिकता हो। लगातार बढिरहेको संक्रमण रोक्नु र खोप पत्ता लगाउनु मेरा लागि ठूलो चुनौती हो।’
जो बाइडेनले कोरोना महामारीको दोस्रो लहर आउन बाँकी रहेको भन्दै सबैलाई मास्क लगाउन अपिल पनि गरेका छन् ।‘कोरोना महामारीको घातक दोस्रो लहर आउन बाँकी नै छ। यसकारण हामी सबैले मास्क लगाउने तथा आवश्यक सुरक्षाका सबै उपाय अपनाऔं।’ उने भने ।
बाइडेनले गठन गरेको कोभिड-१९ टास्क फोर्समा कोरोना नियन्त्रण अभियान निर्माणमा ध्यान दिने सरकारी एजेन्सीका प्रमुख एवं इम्युनोलजिस्ट डाक्टर रिक ब्राइट प्रमुख छन्।


















प्रतिक्रिया