Logo

कर्पोरेट फोकस

विद्युतीय गाडीको कर कम्तिमा पनि पुरानै अवस्थामा पुर्याउँनु पर्छः अध्यक्ष थापा



राप्रपा अध्यक्ष कमल थापाले  विद्युतीय गाडीमा बढाइएको करप्रति आपत्ति जनाएका छन् । उनले हाल विद्युतीय गाडीमा लगाइएको कर अस्वभाविक बढी भएको भन्दै घटाउन माग गरेका छन् ।

थापाले मंगलबार सामाजिक सञ्जाल ‘टुइटर’मा टुइट गर्दै नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुस्तकमा लगाइएको कर हटाएकोमा धन्यबाद दिँदै  अब विद्युतबाट चल्ने गाडिमा बढाइएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउनु पर्ने बताएका छन् । 

अध्यक्ष थापाले लेखेका छन् ‘पुस्तकमा भन्सार कर बढाउने सरकारको निर्णय ठिक थिएन। ढिलै भएपनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद। अब विद्युतबाट चल्ने गाडीमा बढाइएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु ।’

थापाले विशेषतः प्रधानमन्त्ती केपी शर्मा ओली र अर्थमन्त्री विष्णु प्रसाद पौडेलको ध्यानाकर्षण गर्दै कर घटाउन माग गरेका छन् । 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलवार ११:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।