हाल विश्व कोरोना भाइरसको माहामारीसँग जुधी रहेको छ । कोरोनाका कारण विश्वका धेरै देशमा खेलकुदका गतिविधि ठप्प रहेका छन् । भने कतै सञ्चालन भइरहेका देशहरुमा पनि दर्शकलाई प्रवेश गर्न भने दिइएको छैन् ।
यसैबीच नेपाल र बङ्गलादेशबीचको मैत्रिपूर्ण खेलमा भने सीमित संख्यामा दर्शकलाई प्रवेश गराइने भएको छ । बंगलादेश फुटबल फेडेरसन(बिएफएफ) ले दर्शकको संख्या नखुलाए पनि खेलका लागि टिकटको दर भने तोकिसकेको छ ।
बिएफएफको हिजो बसेको बैठकले भिआइपी प्याराफिटको टिकट मुल्य ५०० टाका र साधारण प्याराफिटको टिकट मुल्य १०० टाका निर्धारण गरेको छ ।
मैत्रीपूर्ण खेलमा रंगशाला आउने दर्शकले फिफा तथा एएफसीको स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने उक्त संघले जनाएको छ ।
नेपालले आउँदो कार्तिक २८ र मङ्सिर २ मा बङ्गलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्दैछ । दुवै खेल स्थानीय समयअनुसार बेलुका पाँच बजे ढाकास्थित बङ्बन्धु राष्ट्रिय फुटबल मैदानमा हुनेछ ।




















प्रतिक्रिया