Logo

मङ्सिर २ गते सार्बजनिक बिदा – गृहमन्त्राल



नेपाल सरकार तथा गृहमन्त्रालयले मंसिर २ गते  सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषले किजा पुजाको अवसरमा २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसवर्ष कार्तिक २९ गते बिहान कुकुर तिहार र साँझ लक्ष्मीपुजा , ३० गते गाई/गोरु पुजा तथा नेवाः समुदायको म्हपुजा र मंसिर १ गते गोवर्द्धन पुजा तथा भाइपुजा तोकेको छ ।

आउँदो २९ गते दिउँसो १ः४९ बजेदेखि ३० गते बिहान ११ः२७ बजेसम्म औँशी तिथिनै  रहन्छ । त्यसैले कात्तिक २९ गते लक्ष्मीपुजा गर्नु उपयुक्त हुने पनि जनाएको छ ।

तर नेवाः समुदायले २९ गते नरक चतुर्दशीका दिनमा लक्ष्मीपुजा नगर्ने बताएका छन् । यसोगर्दा ३० गते लक्ष्मीपुजा, मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपुजा र मंसिर २ गते मंगलबार भाईपुजा (भाइटीका) गर्नुपर्छ ।

यसै बिषयहरुलाई  सम्बोधन गर्न सरकारले २ मंसिरमा पनि बिदा दिने निर्णय गरेको हो ।

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार