Logo

राजनीति

दाहालले ओलीलाई झुकाएरै छाडे, लिए यस्तो निर्णय



चर्को दवावपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठक बोलाएका छन् ।

ओलीले शुक्रबार ४ बजेका लागि सचिवालयको बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमार्फत जनाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

‘नेकपाका दुबै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालयको बैठक शुक्रबार अपराह्न ४ बजे वालुवाटारमा बोलाउनुभएको छ’, रिजालले लेखेका छन् ।

अध्यक्षसमेत रहेका प्रधानमन्त्रीको निर्देशनमा महासचिव विष्णु पौडेलले सचिवालय बैठक बोलाइएको छ । दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालसहितको समूहले सचिवालयको बैठकका लागि ओलीलाई दवाव दिँदै आएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १३:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।