Logo

तीन छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा फेला



काठमाडौं, महानगरपालिका-६ बौद्ध फुलबारीस्थित सडक पेटीमा सिन्धुपाल्चोक घर भई हाल बौद्ध स्तुपा वरिपरी सडकमा हिड्ने २६ वर्षीया भुन्टी लामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

सुर्खेत, भेरी गंगा नगरपालिका-१० मदानीचौर बस्ने ४० वर्षीय कृष्ण बहादुर राना सोही ठाउँस्थित झिङ्नारा खोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसोदेखि घरबाट सम्पर्क बिहिन भएका उनको खोजी गर्नेक्रममा उक्त खोलामा शव फेला परेको हो ।

संखुवासभा, मकालु गाउँपालिका-४ सिलकोट बस्ने २७ वर्षीय टिकाराम राई सोही ठाउँ स्थित ईखुवा खोलाको बगरमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यही असोज २७ गते घरबाट माछा मार्न भनी गएकोमा घर फर्की नआएकोले खोजी गर्ने क्रममा खोलाको बगरमा सडी गलेको अवस्थामा उनको शव फेला परेको हो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १३:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।