Logo

फिनल्याण्डले फ्रान्सलाई २ -१ ले हरायो



सन् २०१८ को विश्वकप फुटबल विजेता फ्रान्स मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा फिनल्यान्डसँग २–० ले पराजित भएको छ ।

फिनल्याण्डसँगको हारसँगै फ्रान्सको पछिल्लो १३औं खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । २०१९ पछि फ्रान्स पछिल्लो १२ खेलमा अपराजित रहेको थियो । यस क्रममा फ्रान्सले १० जित र २ बराबरीको नतिजा निकालेको छ । 

पेरिसमा बुधबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न फिनल्यान्डका मार्कुस फोर्स र ओन्नी भालाकारीले १/१ गोल गरेका थिए । फिनल्ल्याण्डले पहिलो हाफमा चार मिनेटको अन्तरमा २ गोल गर्दै जित पक्का जस्तै गरेका थिए । खेलको १५ औं मिनेटमा लुकास डिग्नेकै पासमा माकुर्स थुरामको प्रहार बारमा लागेर फर्कदा जिरुउडको हेडरलाई गोलरक्षक जेसे जोरेनेनले  रोके । 

फिनल्यान्डले २८ औं मिनेटमा मार्कुस फोर्सले गोल गर्दै अग्रता लिएको थियो । त्यस्तै ३१औं मिनेटमा ओन्नी भालाकारीले जोनी काउकोको पासमा गोल गर्दै फिनल्यान्डलाई २–० ले अघि बढाए । चोटका कारण मुख्य फरवार्ड केलियन एमबाप्पेबिनै मैदान उत्रदा फ्रान्सलाई समस्या परेको थियो ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार १०:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।