Logo

राजनीति

थाहै नदिइ राजदूत नियुक्त गर्ने अनि सबै सल्लाहमा भनेर दिउँसै रात पार्ने ? प्रचण्डको दोस्रो पत्रको पूर्ण पाठ सहित



सत्तारुढ दल नपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद झनै चर्किदै जाँदा पत्र जुहारीले निरन्तरता पाएको छ । सर्वप्रथम नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २२ गते अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सचिवालय बैठक बोलाउन माग गर्दै संयुक्त रुपमा ५ नेताहरुले पत्र बुझाएका थिए । त्यसको प्रत्युत्तरसहित शुक्रबार दिउसो बसेको सचिवालय बैठकमा अप्रधानमन्त्री ओलीले प्रचण्डलाई पत्र पठाएउनुभएको थियो ।

जवाफमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई खुमलटार गुटबन्दीको अखडा बनाएको, सरकारलाई सफलतातर्फ डोर्याउनुभन्दा असफल्तातर्फ धकेलेको, सरकारलाई काम गर्न नदिने खालका गतिविधि गरेको जस्ता आरोप लगाउनुभएको थियो । त्यसको उत्तर प्रचण्डले तत्कालै दिनुभएको छ । उहाँले शुक्रबार साँझ पत्र मार्फत नै प्रधानमन्त्री ओलीलाई उत्तर दिनुभएको छ ।

उहाँले भन्नुभएको छ- “कार्यकारी अध्यक्ष दिईसकेपछि गरेर देखाउनु प¥यो भन्नुहुन्छ, अर्कोतिर १ नम्बर पनि मै हो, कार्यकारी पनि मै हो भनेर एकता प्रक्रियादेखि अन्य कुनै पनि काम आफ्नो सहमति बिना हुन नसक्ने कुराको अड्डी लिनुहुन्छ । यसलाई हलो हड्काउने र गोरु चुट्ने काम बाहेक अरु के बुझ्ने कमरेड ?”

साथै अध्यक्ष प्रचण्डले राजदूत नियुक्तिका सन्दर्भमा दुईजनाबीच छलफल भएको तर सबै कुरा भने नमिलेको बताउनुभएको छ । त्यस्तै राजदूत नियुक्ति गर्नु अघि स्थायी समितिको मर्म र भावना अनुसार एकपटक सचिवालयमा परामर्श, छलफल गरेर मात्र निर्णय गर्नुपर्दछ भन्ने आफ्नो भनाइ मानेजसो गरेर थाहाइ नदिई मन्त्री परिषद बैठक राखेर राजदूत नियुक्ति गरेको बताउनुभएको छ ।

सल्लाहले पूर्णता नपाउदै आफूलाई थाहा नदिई मन्त्रिपरिषद बैठक बोलाएर राजदूत नियुक्ति गरेर पत्रमा सबै कुरालाई सल्लाहले गरेको हुँ भन्नु दिउँसै रात पार्ने जाली कुरा भएन र कमरेड ? भन्दै प्रचण्डले ओलीलाई प्रश्न समेत गर्नुभएको छ ।

(पत्रको पूर्ण पाठ)

1-6.jpg

2-5.jpg

3-5.jpg

4-5.jpg

5-3.jpg

6-1.jpg

 

7-3.jpg

8-1.jpg

9-1.jpg

10.jpg

11-1.jpg

12.jpg

प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार  ११ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।