Logo

कर्पोरेट फोकस

अवार्डलाई निष्पक्ष र उत्कृष्ट बनाउन सबै एकजुट हुनुपर्छ : पूर्व गर्भनर अधिकारी



इटहरी । नयन मिडिया फाउन्डेसनले आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टर्नमा आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड–२०२६’ सम्बन्धी नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा फाउन्डेसनका प्रमुख सल्लाहकार महाप्रसाद अधिकारीसँग अन्तरक्रिया गरेको छ।

फाउन्डेसनको इटहरीस्थित कार्यालयमा अनौपचारिक छलफलको आयोजना गरिएको थियो।

सो क्रममा प्रमुख सल्लाहकार तथा पूर्व गर्भनर अधिकारीले कोशी प्रदेशका लागि यस्तो स्तरको अवार्ड आयोजना गर्नु आफैँमा उत्कृष्ट काम भएको टिप्पणी गरे।

उनले अवार्डलाई पारदर्शी, निष्पक्ष र प्रदेशका लागि अत्यन्त महत्त्वपूर्ण बनाउने लक्ष्यसहित सबैजना एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। त्यसैगरी, अवार्डका इभेन्ट म्यानेजर सन्तोष धमलाले गत वर्षझैँ यस वर्ष पनि कार्यक्रमलाई उत्कृष्ट बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए। उनले इभेन्टमा कुनै पनि कमी हुन नदिन आवश्यक सबै क्षेत्र समेटेर तयारी भइरहेको जानकारी दिए।

फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले अवार्डका लागि अहिलेसम्म भएका तयारी र प्रगतिबारे जानकारी गराए।

प्रकाशित मिति : २० मंसिर २०८२, शनिबार ०८:४२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।