काठमाडौं । निर्वाचन नजिकिएसँगै निर्वाचन आयोग, राजश्व, भन्सार, करका कर्मचारी र अर्थमन्त्रालयका कर्मचारीहरुलाई यतिबेला दशैँ जस्तै भएको छ । अन्य मन्त्रालयका कर्मचारीहरुलाई निर्वाचन लागेको छ ।
निर्वाचनको मौका छोपेर उद्योगी व्यापारीहरुले राजश्व छलिरहेका छन् । मेन पावर सञ्चालक वैदेशिक रोजगार विभागका कर्मचारीहरुको सेटिङमा व्यापक रुपमा ठगिधन्दा फस्टाएको छ । वैदेशिक रोजगार विभागका ठगीका उजुरी दिनप्रतिदिन बढिरहेक छन् । पीडितहरुले राहत पाउन सकेका छैनन् । वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले पनि ठगीधन्दालाई नियन्त्रण गर्न सकेकी छैनन् ।
जेनजी सरकारबाट श्रम तथा सामाजिक सुरक्षा मन्त्री बनेका राजेन्द्र सिँह भण्डारीले वैदेशिक ठगीका केसहरुलाई पनि नियन्त्रण गर्न सकेका छैनन् । मन्त्री भण्डारीले वैदेशिक रोजगार विभागको अनुभव नभएकी मिरा आचार्यलाई संघिय मन्त्रालयबाट सरुवा गरेर वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएका थिए ।
आचार्यलाई विभागको महानिर्देशक बनाएको केहि हप्ता पछि मन्त्रीले अह्र¥याएको काम महानिर्देशकले नटरेपछि टसल हुन पुगेको थियो । महानिर्देशक र मन्त्रीको टसल हुँदा वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरु दिनप्रतिदिन बढिरहेको पीडितहरुको गुनासो रहेको छ ।
त्योसँगे वैदेशिक रोजगार विभाग अन्तर्गत विभिन्न शाखामा कार्यरत कर्मचारीहरुले काम नगरेको गुनासो मेनपावर व्यवसायीहरुले गर्न थालेका छन् । वैदेशिक रोजगार विभागमा महानिर्देशकले आफ्ना भाई कृष्ण आचार्य र बहिनी वृन्दा आचार्यलाई फिट गरेर सेटिङ गरेको आरोप लाग्न थालेको छ । तर राज्यका सम्बन्धित निकायहरुले वैदेशिक रोजगार विभागमा हुने विकृति र विसंगतिसँगै ठगी गर्ने व्यक्तिहरुलाई कारबाही गर्न सकेको छैन । उल्टै श्रम तथा रोजगार मन्त्री राजेन्द्र सिँह भण्डारी मलेसिया भ्रमणमा जाँदा मेनपावर व्यवसायी महासंघका एक पदाधिकारीले मन्त्रीलाई एयरपोर्टमा लगेर पैसा दिएका थिए ।
तर, मन्त्री भण्डारीले श्रम मन्त्रालयका कर्मचारीहरुसँग पैसा किन र के को लागि दिएको सोधनी हुँदा कर्मचारीले त्यो पैसा काँहि खर्च नहुने भनेपछि मन्त्री भण्डारीले सो पैसा फिर्ता गर्न लगाएको र फिर्ता गरेको पैसा नलिएमा प्रहरी लगाएर कारबाही गर्ने चेतावनी दिएको मन्त्रालयभित्र हल्ला चलिरहेको थियो । तर, वैदेशिक रोजगार विभागका महानिर्देशक मिरा आचार्यले कर्मचारीहरुलाई राम्रोसँग काम गर्ने वातावरण नदिएको र शाखा पनि परिवर्तन नगरेको आरोप महानिर्देशमाथि लागेको छ । यतिबेला वैदेशिक रोजगार विभागमा निर्वाचनको बहाना बनाएर कर्मचारीहरुले काम नगरेको भनाइ स्रोतको रहेको छ ।




















प्रतिक्रिया