Logo

प्रमुख समाचार

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सल्लाघारीमा भाेलि ११ बजे उद्घाटन हुने



एमालेको ११औँ राष्ट्रिय महाधिवेशन सल्लाघारीमा भाेलि ११ बजे उद्घाटन हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

शुक्रबार बसेको एमाले सचिवालयको ६१ औँ बैठकले महाधिवेशन व्यवस्थापन सम्बन्धी निर्णय गरेको हो । यसपटक एमालेले विगतको भन्दा फरक अभ्यास अपनाउँदै महाधिवेशनको आयोजक समिति केन्द्रीय सचिवालय नै हुने निर्णय गरेको छ ।

सचिवालय बैठकले महाधिवेशनबाट पारित गर्ने प्रस्ताव तयार गर्न उपमहासचिव प्रदीप ज्ञवालीको संयोजकत्वमा एक समिति र निर्णय माइन्युट तयार गर्न उपमहासचिव पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा अर्को माइन्युटिङ कमिटी गठन गरेको छ ।

सचिवालय बैठकले १०८ जना मनोनीत प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको छ । योसँगै एमालेका २२ सय ६१ प्रतिनिधि महाधिवेशनमा सहभागी हुने भएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार २१:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।