काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ।
मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए।
अहिले आगलागी नियन्त्रणका लागि दमकल पुग्दै गरेको उनले जानकारी दिए।
आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन।





















प्रतिक्रिया