काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा राखिएकी गोल्डस्टार कम्पनीकी मालिक विदुषी राणाले स्पष्टीकरण दिएकी छन्। तर, संवैधानिक व्यवस्थाअनुसार समानुपातिक एवम् समावेशीकरणको मर्मविपरीत अर्बपति व्यापारी तथा धनाड्य वर्गलाई समानुपातिक सूचीको प्राथमिकतामा राखिएपछि रास्वपासँगै उम्मेदवारको समेत चौतर्फी आलोचना भैरहेको छ।
उद्योगपति तथा प्रभावशाली व्यवसायिक घरानाकी राणालाई समानुपातिक सूचीमा राख्नु सामाजिक न्याय, प्रतिनिधित्व र समावेशिताको उद्देश्यसँग मेल नखाने भन्दौ उनको व्यापारी बिरोध भएको छ।
तर, राणाले आफूले भने यसैबीच आज “गहिरो संवाद र विचारविमर्शपछि” यो जिम्मेवारी लिएको बताएकी छन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ को आग्रहमा उद्योग, रोजगारी र अर्थतन्त्रका मुद्दा संसदमा उठाउन तयार भएको दाबी गरेकी छन् ।
तर, सरोकारवालाहरुले भने उनले के–के मुद्दा उठाउन चाहन्छिन् त्यो सरोकारको बिषय नभएको बताएका छन्। के उनी समानुपातिक प्रतिनिधित्वका लागि आवश्यक वर्गमा पर्छिन् ? भन्ने प्रश्न व्यापक रुपमा उठिरहेको छ।
समानुपातिक प्रणाली आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि परेका समुदायको आवाज संसदसम्म पुर्याउन बनाइएको हो । तर, ठूला उद्योग सञ्चालन गर्दै आएकी, नीति निर्माण तहसम्म सहज पहुँच भएकी अर्बपती राणालाई समानुपातिक सूचीमा राखिनु यो व्यवस्थाको दुरुपयोग भएको उनीहरुको प्रश्न छ।
उद्योगपति स्वयं संसदमा प्रवेश गर्न चाहने हो भने प्रत्यक्ष निर्वाचन नै उचित बाटो हुने उनीहरुको तर्क छ ।
राणाले उद्योग क्षेत्रले भोग्दै आएको कर, नीतिगत ढिलाइ, व्यापार र श्रमसम्बन्धी चुनौती उठाउँदै आएको बताएकी छन् । तर, यस्ता मुद्दा उठाउन संसद बाहिरैबाट पनि पर्याप्त हैसियत र पहुँच भएको वर्गलाई समानुपातिक कोटामा प्राथमिकता दिनु, वास्तविक रूपमा आवाजविहीन समूहप्रति अन्याय भएको टिप्पणी भइरहेको छ ।
उनले स्पष्टीकरण दिँदै भनेकी छन्, “मेरो चासो पदमा होइन, मुद्दामा हो” भने पनि समानुपातिक सूची स्वयं पद र अवसर वितरणको संवेदनशील संरचना ह।”
रास्वपाले धन, पहुँच र प्रभाव भएका व्यक्तिलाई प्राथमिकता दिएर ‘पुराना दलभन्दा फरक राजनीति’ गर्न लागेको दावीलाई ठाडै अस्वीकार गरेको आम जनमानसको बुझाई छ।




















प्रतिक्रिया