Logo

नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज



मुजिब बोर्सो फिफा इन्टरनेसनल सिरिज अन्तर्गतकाे नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समायानुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल पहिलो खेलमा घरेलु टोलीसँग २-० ले पराजित भएको थियो । दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्ण खेलको सुखद अन्त्य गर्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक बल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल सुरुवाती-११ रहँदै मैदान उत्रने सम्भावना रहेको छ । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । धिमाल कोरोना मुक्त भईसकेका छन् ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । यस्तै बंगलादेश जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ को ट्रफी आफैँ राख्न चाहन्छ ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार  ८ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।