Logo

समाचार

संगिता कौशल मिश्रासँग ५ लाख धरौटी माग



काठमाडौँ । विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा.संगिता कौशल मिश्रासँग ५ लाख धरौटी माग्ने आदेश गरेको छ ।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता यज्ञराज रेग्मीले रातोपाटीलाई जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग पत्रमा आर्थिक वर्ष २०८०/८१ मा गरिएको म्यामोग्राफी मेसिन खरिदमा सुरु देखिनै ठेकेदार कम्पनीसँग मिलेमतो गरी अस्वाभाविक लागत अनुमान तयार पारिएको, गलत प्रतिवेदन र झुट्टा बिलमार्फत भुक्तानी लिइएको उल्लेख थियो ।

म्यामोग्राफी खरिद भ्रष्टाचारमा विभागमा रहेर खरिद मिलेमतोमा सक्रिय अधिकांश कर्मचारी प्रतिवादी बनाएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १७:३८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।