Logo

क्रोएसियामाथि पोर्चुगलको कठिन जित



नेसन्स लिग अन्तर्गत समूह चरणकाे अन्तिम खेलमा पोर्चुगलले क्रोएसियामाथि कठिन जित निकालेकाे छ । नेपाली समयअनुसार बुधबार बिहान भएकाे खेलमा इन्ज्युरी समयमा गोल गरेपछि पोर्चुगलले क्रोएसियामाथि ३-२ काे जित निकालेकाे हाे ।

क्रोएसियाले खेलको २९ औं मिनेटमा माटियो कोभाचिचको गोलमा अग्रता लिएको थियो । मारियो पसलीचको क्रसमा कोभाचिचको पहिलो प्रहार गोलरक्षक रुइ पाट्रीसियोले विफल पारेपनि रिबाउन्डमा कोभाचिचले नै गोल गर्न सफल भए ।

पहिलो हाफमा १-० ले पछि परेको पोर्चुगलले दोस्रो हाफमा खेलमा फर्कने अवसर पायो । ५१ औं मिनेटमा क्रोएसियाका मारको रोगले दोहोरो पहेंलो कार्ड पाएपछि टोली १० खेलाडीमा समेटियो । त्यसको २ मिनेट नबित्दै पोर्चुगल खेल बराबर गर्याे ।

कप्तान क्रिस्टियानो रोनाल्डोले गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक डोमिनिक लिभाकोभिचले बचाउन खोज्दा रिबाउन्डमा रुबेन सेमेडोको पासलाई रुबेन डियासले गोलमा परिणत गरेका थिए ।

६१ औं मिनेटमा नै पोर्चुगलले अग्रता लियो । डिओगो जोटाको पासमा जोआओ फेलिक्सले गाेल गरेका थिए ।  तर त्यसको ४ मिनेटपछि नै कोभाचिचले खेल बराबरीमा ल्याए । उनले निकोला भ्लासिचको पासमा गाेल गरेका थिए ।

९० औं मिनेटमा रुबेन डियासले गर्दै पोर्चुगललाई जित दिलाए । फ्रान्स ६ खेलमा अपराजित रहँदै १६ अंकका साथ अन्तिम चारमा प्रवेश गर्यो । पोर्चुगल १३ अंकसाथ दोस्रो स्थानमा रहयो । क्रोएसिया र स्विडेनको समान ३-३ अंक भएपनि गोलअन्तरमा क्रोएसियाले स्विडेनलाई उछिन्न सफल रहयो ।

प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार  ८ : ५८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।