सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच करिब २ घण्टा भेटवार्ता भएको छ ।
राष्ट्रपतिकै आग्रहमा प्रचण्ड शीतलनविास पुगेका हुन् ।
नेकपामा विवाद चर्किरहेका बेला उनीहरुबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनीहरुबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।
भेटका क्रममा राष्ट्रपति भण्डारीले पार्टी विभाजन भए पाएका उपलब्धिहरु पनि गुम्ने खतरा औँल्याउँदै दुवै अध्यक्षहरु मिलेर जान सुझाव दिएकी छन् ।
राष्ट्रपति भण्डारीले महाधिवेशन छिटै गरेर एकल अध्यक्ष प्रचण्ड हुन सक्ने सम्भावना पनि उजागार गरेकी छन् ।
राष्ट्रपति भण्डारीले दुवै अध्यक्षहरुलाई मिलेरै जान आग्रह गरेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया