Logo

समाचार

मध्यरातमा बुढानिलकण्ठको छाप्रोमा आगलागी



काठमाडौँ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१३, चुनिखेलमा मध्यरातमा एक टिनको छाप्रोमा आगलागी भएको छ ।

स्थानीय सन्तला श्रेष्ठको भाडाको जमिनमा ६२ वर्षीय ठूलो मिजारले बनाएको टिनको छाप्रोमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार आगलागीबाट छाप्रो पूर्णरूपमा जलेर नष्ट भए पनि घटनामा कुनै मानवीय क्षति भने भएको छैन । राति आगो लागेकाले थप विवरण आउन बाँकी छ ।

क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार ०७:१२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।