Logo

खेलकुद

आर्सनल पुग्यो लिगकप फाइनलमा



काठमाडौँ ।आर्सनलले चेल्सीलाई १–० ले पराजित गर्दै मंगलबार लिगकपको फाइनल यात्रा तय गरेको छ ।

सेमिफाइनल दोस्रो लेगमा काइ हाभर्टेजले एक मात्र गोल गरे र यससँगै समग्रमा ४–२ को निर्णायक अग्रता लिन सफल रह्यो ।

यसअघि पहिलो लेगको सेमिफाइलनमा आर्सनल ३–२ ले अगाडि थियो । आर्सनलले फाइनल खेल्न लागेको यो छ वर्षयता पहिलो हो । प्रिमियर लिगको शीर्षमा रहेको आर्सनलका लागि यो सिजन उत्कृष्ट हुन सक्ने क्रममा रहेको छ ।

फाइनलको उसको प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी अथवा न्युकासल युनाइटेड हुनेछ । अर्को पहिलो लेगको सेमिफाइनलमा सिटी २–० ले अगाडि रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार ०७:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।