काठमाडाैं । सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७.८४ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले शतप्रतिशत हकप्रद समेत जारी गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र आर्थिक वर्ष २०८१/८२ का लागि बस्ने कम्पनीको आगामी ११औं वार्षिक साधारण सभाबाट अनुमोदन भए पश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ५० लाख रुपैयाँ रहेको छ ।




















प्रतिक्रिया