Logo

भारतको  गुजरातमा ट्रक र ट्रेलर ठोक्किँदा १० जनाको मृत्यु



भारत गुजरातको बडोदरामा आइरस ट्रक र ट्रेलर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। दुर्घटनामा १५ जना घाइते भएका छन्।

घाइतेहरूलाई वडोदराको एसएसजी अस्पतालमा भर्ना गरिएको छ। घटनामा परेका व्यक्तिहरु सूरतबाट पावगढको दर्शनका लागि जाँदै गरेको भारतीय सञ्चा‍रमाध्यमले जनाएका छन्।

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्। उनले घाइते भएका व्यक्तिका परिवारलाई राहत दिन निर्देशन पनि दिएका छन्। भने, दिवंगत भएका व्यक्तिलाई श्रद्धाञ्जलि व्‍यक्त गरेका छन्।

 

 

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार १२:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।