Logo

प्रमुख समाचार

मधेश दौडाहामा निस्किए बालेन



सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह आज (मंगलबार) मधेश प्रदेश केन्द्रित दौडाहामा निस्किएका छन् ।

मधेशका जनतासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु भएको यो यात्राअन्तर्गत बालेनले आज सप्तरीबाट यात्रा सुरु गर्दै सिराहा, धनुषा हुँदै महोत्तरीसम्म पुग्ने कार्यक्रम रहेको छ ।

यात्राका क्रममा उनले स्थानीय जनता, युवा, बुद्धिजीवी तथा पार्टी कार्यकर्तासँग भेटघाट गर्दै मधेशका समस्या, विकासका सम्भावना र सुशासनका विषयमा छलफल गर्ने जनाइएको छ ।

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार र जनअपेक्षा बुझ्ने लक्ष्यसहित आयोजना गरिएको यो यात्रालाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १३:२९   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।