काठमाडौँ । काठमाडौँको मुलपानी पुलमा ट्यांकरको ठक्करबाट स्कुटर पछाडि सवार महिलाको मृत्यु भएको छ ।
मंगलबार कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पुलमा दुर्घटना हुँदा ४६ वर्षीय रोशना दुवालको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
मुलपानीबाट दुवाकोट तर्फ जाँदै गरेको बा.३ ख ३९५४ नम्बरको ट्यांकरले ठक्कर दिँदा घाइते भएकी रोशनाको उपचारको क्रममा मृत्यु भएको हो ।
दुवाल बागमती प्रदेश–०२–०४३ प २७२६ नम्बरको स्कुटरमा पछाडी सवार थिइन् । २३ वर्षीया निलिसा दुवालले चलाएको स्कुटर बोडेबाट मुलपानी तर्फ आउँदै थियो ।
ट्यांकर चालक नुवाकोटको दुप्चेश्वर घर भएका २३ वर्षीय महाबिर तामाङलाई प्रहरी वृत्त बौद्धले पक्राउ गरेको छ ।


















प्रतिक्रिया