Logo

अर्थ

चालु बजेट खर्च ८५.९६ प्रतिशतमा सीमित हुने संशोधित अनुमान सार्वजनिक



काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयन गरिरहेको बजेट ८५.९६ प्रतिशतमात्र खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको छ । अर्थमन्त्री रामेश्वर खनालले मंगलबार बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै बजेट खर्च अनुमान संशोधन गरेका हुन् ।

सरकारले चालु आवमा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको भए पनि आर्थिक वर्षको अन्त्यसम्म १६ खर्ब ८८ अर्ब ३२ करोड रुपैयाँमात्र खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।

संशोधित अनुमानअनुसार चालु खर्च ११ खर्ब २५ अर्ब ९७ करोड रुपैयाँ, पूँजीगत खर्च २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ खर्ब १९ अर्ब ४ करोड रुपैयाँ खर्च हुने अपेक्षा गरिएको छ ।

विनियोजनतर्फ चालु खर्च ११ खर्ब ८० अर्ब, पूँजीगत खर्च ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थामा ३ खर्ब ७५ अर्ब रुपैयाँ छुट्याइएको छ । पुस मसान्तसम्म चालु खर्च लक्ष्यको ४१.२५ प्रतिशत, पूँजीगत खर्च १२.१२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ४०.९५ प्रतिशत खर्च भएको छ ।

यसैबीच, चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य भने यथावत राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १४:३१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।