Logo

समाचार

कान्तिपुर कोलोनीबाट लागुऔषधसहित दुई जना पक्राउ



ललितपुर । ललितपुर महानगरपालिका–१४ स्थित कान्तिपुर कोलोनीबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको संयुक्त टोलीले अवैध लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा उदयपुर चौदण्डीगढी–६ घर भई हाल ढोलाहिटी बस्ने २५ वर्षीय घनस्याम बि.क. र रौतहट राजदेवी–६ घर भई चन्द्रागिरी बस्ने ४८ वर्षीय मोहम्द तनविर मिक्रानी रहेका छन्।

उनीहरूको साथबाट प्लास्टिकसहित ११.१२ ग्राम खैरो हिरोइन, ५ हजार ५३ क्याप्सुल ट्रामाडोल र १२१ ट्याब्लेट नाइट्राभेट बरामद भएको छ ।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध जोख्न प्रयोग गरिने दुई थान डिजिटल तराजु, नगद ५ हजार १०० रुपैयाँ र दुई थान मोबाइल फोन समेत फेला पारेको छ ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १७:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।