Logo

राजनीति

देउवाको घरमा भेटिएको पैसाबारे छानबिन गर्नुपर्छ : प्रदीप पौडेल



काठमाडौँ ।कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको घरमा भेटिएको पैसाको बारेमा छानबिन गर्नुपर्ने बताएका छन् ।

‘कान्तिपुर कन्क्लेभ–२०२६’ अन्तर्गत ‘नीति, नेता र नेतृत्व’ सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्वसभापति देउवाले समेत छानबिन गर्न आह्वान गरिसकेको विषय भएकाले कांग्रेसले एआईले बनाएको पैसा भनेर कतै पनि नभनेको बताए ।

देउवाले छानबिनपछि मात्र यस विषयमा बोलेको भए राम्रो हुने समेत उनले बताए । जेनजी आन्दोलनका क्रममा देउवाको घरमा समेत आगजनी भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १९:०६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।