Logo

राजनीति

विभिन्न पार्टीमा भएका राम्रा मान्छेहरू एकीकृत हुन आवश्यक : प्रभु साह



रौतहट । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विभिन्न पार्टीमा रहेका राम्रा मान्छेहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरू रहेको बताउँदै उनले भ्रष्टाचारी, लुटेराहरूलाई कारबाही गर्नका लागि राम्रा मान्छेहरू एकीकृत हुन आवश्यक रहेको उनले बताए ।

रौतहटको गुजरा नगरपालिका–८ जुगौलियामा मंगलबार चुनावी छलफल एवं भेटघाटका क्रममा विभिन्न पार्टी परित्याग गरेकालाई आजपामा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् ।

रौतहट–३ का उम्मेदवार समेत रहेका आजपा अध्यक्ष साहले भने, ‘सबैतिर राम्रा र नराम्रा मान्छेहरू छन् । हरेक पार्टीमा राम्रा र नराम्रा मान्छेहरू छन् ।

भ्रष्टाचारी, लुटेरालाई कारबाही गर्न, समाज परिवर्तन गर्न, विकासका काम अगाडी बढाउनका लागि राम्रा मान्छेहरू एकजुट हुन आवश्यक छ ।

हामी एकीकृत हुँदै भ्रष्ट, दलाल, लुटेरालाई बहिष्कार गर्नु नै आजको आवश्यकता हो ।’ राम्रा मान्छेहरू एक ठाउँमा नआएसम्म समाज परिवर्तन गर्न नसकिने बताउँदै उनले जिल्लाको विकास, समृद्धि, जनताको चाहना अनुसारको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतको विकासका लागि सबै पार्टीमा भएका राम्रा मान्छेहरू आजपामा गोलबद्ध हुन साहले आग्रह गरे ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार २१:०७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।