काठमाडौं । आज सेयर बजार बढेको छ । हिजोसम्म लगातार घटेको बजारमा आज परिसूचक ८.९७ अंकले बढेर २,६७१ को विन्दुमा कायम भएको छ ।
आज १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ११ अर्ब १० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । यस कम्पनीको ७० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एसवाई प्यानलको ४३ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मध्य भोटेकोशीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.५९ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया