Logo

समाचार

चोरीको नगद र सुनका गहना सहित दुई जना पक्राउ



काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–४ स्थित चम्पादेवीबाट चोरीको नगद र गहना सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको चौँरीदेउराली गाउँपालिका घर भएका २६ वर्षीय भुवन प्रधान र रामेछापको मन्थली नगरपालिका–८ घर भएकी १९ वर्षीया सुनिता बस्याल छन् ।

आइतबार उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । चम्पादेवी बसपार्क नजिकको एउटा घरबाट चोरी गरेर भाग्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

आरोपीहरूको साथबाट प्रहरीले चोरेको १ लाख ४८ हजार नगद, सुनको ब्रासलेट १ थान, टप, तिलहरी, लकेट, सिक्री र औँठी लगायतका गहना बरामद गरेको छ । आरोपीहरू बागमती प्रदेश–०२–०३६ प ६७६५ नम्बरको केटिएम डुक मोटरसाइकलमा सवार थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार २१:१४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।