Logo

प्रमुख समाचार

पैदलयात्रीलाई मुक्का हान्नेलाई ट्राफिक प्रहरीले समात्यो



काठमाडौं । पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने कार चालक पारस बम रहेको ट्राफिक प्रहरीले बताएकाे छ ।

काठमाडौंको चप्पल कारखाना नजिकै चक्रपथमा आफूलााई मुख छाडेको भन्दै वृद्धलाई मुक्का हान्ने ती व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार बिहानैदेखि वृद्धमाथि मुक्का हानेकाे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि दबाब बढेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई सडकमा वृद्ध कुट्नेलाई नियन्त्रणमाा लिएको पुष्टि गरे ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलवार १६:२२   :  बजे

2.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।