Logo

खेलकुद

विश्वकपमा आज तीन खेल हुँदै



काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत बुधबार तीन खेल हुँदैछन् । समूह ‘डी’ को एउटा खेल हुँदैछ भने समूह ‘ए’ का दुई खेल हुँदैछन् ।
पहिलो खेलमा समूह ‘डी’का दक्षिण अफ्रिका र यूएईले प्रतिस्पर्धा गर्दैछन् ।

यो खेल नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा भारतको नयाँदिल्लीमा हुँदैछ । दक्षिण अफ्रिका तीन खेलमा तीन जित दर्ता गर्दै सुपर आठ प्रवेश गरिसकेको छ भने यूएई दोस्रो जितको खोजीमा छ ।

दोस्रो खेलमा समूह ‘ए’ का पाकिस्तान र नामिबिया भिड्दैछन् । यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ । विश्वकपको सुपर आठमा प्रवेशका लागि पाकिस्तानमाथि यो खेल जित्नै पर्ने दबाब छ । यो खेल श्रीलंकाको कोलम्बुमा हुँदैछ ।

बुधबारको अन्तिम खेलमा समूह ‘ए’कै भारत र नेदरल्यान्ड्स भिड्दैछन् । यो खेल साँझ ७ बजेर १५ मिनेट जाँदा भारतको अहमेवादमा सुरु हुनेछ ।

भारत तीन खेलमा तीन जित निकाल्दै अघिल्लो चरण प्रवेश गरिसकेको छ भने नेदरल्यान्ड्स तीन खेलमा एक जित निकालेर तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार ०९:३०   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।