काठमाडौं । सलमान खानका बुबा तथा पटकथा लेखक सलीम खानलाई मंगलबार बिहान मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको छ।
फिल्मफेयरको रिपोर्ट अनुसार सलीम खानलाई डर र उच्च रक्तचापको समस्या देखिएपछि अस्पताल ल्याइएको थियो। यद्यपि, उनलाई अस्पताल भर्ना हुनुको कारण भने सार्वजनिक गरिएको छैन। परिवारबाट अनुमति पाएपछि बिहान ११ बजे मेडिकल बुलेटिन जारी गरिनेछ।
मंगलबार सलीम खानको स्वास्थ्य बिग्रिएपछि सलमान खान सुटिङ छाडेर अस्पताल गएका थिए। संजय दत्त र जावेद अख्तर पनि अस्पताल पुगेका थिए।
अस्पताल प्रशासनले मंगलबार बिहान ८:३० बजे सलिम खानलाई आकस्मिक कक्षमा ल्याइएको बताएको छ। उनको उपचारका लागि डाक्टरहरूको टोली गठन गरिएको छ।





















प्रतिक्रिया