पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपाको पछिल्लो बिवादका बारेमा टिप्पणी गर्नुभएको छ । समसामयीक बिषयमा सामाजिक संजालमार्फत तर्क तथा बिचार राख्ने गर्नु भएका भट्टराईले नेकपाको विवादका बारेमा २ बुदामा टिप्पणी गर्नुभएको छ ।
उहाँले आन्तरिक झगडा कसरी टुंग्याउने भन्ने नेकपाकै कुरा भएपनि राज्य र जनताका मुद्दा प्रतिपक्षी दलले उठाउनै पर्ने भएको बताउनु भएको छ । उहाँले पहिलो नम्बरमा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नमिल्ने बताउनुभएको छ । त्यस्तै २ नम्बरमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनै पर्ने बताउनुभएको छ ।





















प्रतिक्रिया