Logo

खेलकुद

इंग्ल्यान्डद्वारा श्रीलंकासामु १४७ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । आइसीसी पुरुष टि-२० विश्वकप अन्तर्गत सुपर-८ को समूह २ को खेलमा इंग्ल्यान्डले श्रीलंकासामु जितका लागि १४७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

क्यान्डीको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको हो।

इंग्ल्यान्डका लागि ओपनर फिल साल्टले सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ्स खेले।

उनले ४० बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे। यस्तै विल ज्याक्सले १४ बलमा २१ रन बनाए भने कप्तान ह्यारी ब्रुकले १४ रनको योगदान दिए।

साम करनले ११ र जेमी ओभरटनले अविजित १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान जोस बटलर ७ रनमै पेभिलियन फर्किए।

श्रीलंकाको बलिङतर्फ दुनिथ वेल्लालागेले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा २६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। यस्तै दिलशान मधुशंका र महेश थिक्षानाले समान २-२ विकेट लिँदा दुष्मन्था चमिराले १ विकेट हात पारे।

अहिले १४७ रनको विजयी लक्ष्य पछ्याउँदै श्रीलंकाले जवाफी ब्याटिङ सुरु गरिसकेको छ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १७:३०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।