Logo

खेलकुद

सावित्रा भण्डारी ‘साम्बा’ले मागिन् उपचारका लागि आर्थिक सहयोग



काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने र त्यसका लागि सहयोग गर्ने आग्रह गरेकी हुन् ।

घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेको कारण जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको साम्बाले उल्लेख गरेकी छन् । ‘अघिल्लो साता एन्फा अध्यक्ष आफैंले मेरो उपचारमा एन्फाबाट प्रशासनिक सहयोग गर्न नसकिने जानकारी दिनुभयो । उहाँले नगद ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं गर्न भन्नुभयो । एक त मैले यसअघि चालेको प्रक्रिया रोकियो, अर्कोतर्फ मैले झन्डै २ महिनापछि मात्र शल्यक्रिया मितिको लागि फेरी प्रयास गर्नुपर्ने भएको छ,’ उनले भनिन् ।

अस्ट्रेलियन ए लिग फुटबलमा वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी ‘साम्बा’ले डेढ महिनाअघि खेलका क्रममा घुँडाको गम्भीर चोट बोकेकी थिइन् । ब्रिसबेन रोअरविरुद्धको खेलको दोस्रो हाफमा गोलरक्षकसँग ठोक्किँदा उनको दायाँ घुँडाको एसीएल टियर भएको थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १६:३२   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।