Logo

अन्तर्राष्ट्रिय

अमेरिकाको न्युयोर्कमा भारी हिमपात, जनजीवन अस्तव्यस्त



काठमाडौँ ।अमेरिकाको न्युयोर्कसहितका केही सहरमा भारी हिमपातका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।

ती सहरका केही भागमा २२ इन्चसम्म हिउँ परेको अमेरिकाको राष्ट्रिय मौसम सेवाले जनाएको छ । जसका कारण न्यूयोर्कसहितका केही सहरमा यात्रा ‘लगभग असम्भव’ भएको छ ।

न्यूयोर्कको सेन्ट्रल पार्कमा मात्र १५ इन्चभन्दा बढी हिउँ परेको रेकर्ड गरिएको छ । पूर्वी अमेरिकामा ठूलो आँधी आउने भएकाले न्यूयोर्कमा यात्रा लगभग असम्भव हुने चेतावनी दिइएको छ ।

न्यूयोर्कको गृह सुरक्षा तथा आपतकालीन सेवा विभागका अनुसार, तीव्र हावा र भारी हिमपातका कारण सेतो तुवाँलोले ढाक्ने अवस्था छ । यस्तो अवस्थामा घरबाट काम गर्न सक्ने अवस्था भए बाहिर ननिस्कन यातायात विभागले आग्रह गरेको छ ।

राज्यको कनेक्टिकट परिवहन विभाग ने एक्स लेखेको छ, ‘सकेसम्म घरमै बस्न र सडकमा निस्कनै परे बिस्तारै सवारी साधन चलानुहोला ।’

विभागले आँधीको चेतावनी उत्तर क्यारोलिनासहित पूर्वी क्यानडासम्मका लागि दिएको छ । सोमबारसम्म अमेरिका आउने-जाने ५ हजारभन्दा बढी हवाइ उडान समेत रद्द भइसकेको छ भने लाखौं नागरिक बिजुलीविहीन अवस्थामा छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार २२:००   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।