Logo

अर्थ

पाल्पा सिमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने



काठमाडाैं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

निष्कासनमध्ये २ लाख ८१ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ।

साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। यो आईपीओ छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २६ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १०:५५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।