Logo

अर्थ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ताेलामा १३ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदीका मूल्य तोलामा ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार ११:२१   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।