Logo

अर्थ

मुद्दति निक्षेपमा १ अर्ब १० करोड लगानी गर्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो। यसका लागि फागुन १३ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ८८ लाख करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा १६ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्नेछ।

यो लगानी सन् २०२६ फेब्रुअरी २७ देखि २०२७ फेब्रुअरी २७ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार ११:४८   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।