काठमाडौं । नेपाली कांगेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गरेका छन्।
मंगलबार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावी प्रतिस्पर्धालाई मर्यादित बनाउनसमेत सबै दलहरुलाई आग्रह गरे।
चुनावमा जाँदा विपक्षी दलमाथि गाली–गलौज नगरी शान्त र सभ्य ढंगले अघि बढ्नुपर्ने उनको धारणा छ। उनले कतिपय राजनीतिक दलहरुले चुनावलाई युद्धसँग तुलना गर्ने गरेको उल्लेख गर्दै त्यस्तो मानसिकताले मुलुकको भलो हुन नसक्ने टिप्पणी गरे।
उनले भने, ‘विगतमा फलाना फलानालाई हेरियो यो पालि अर्कोलाई भन्ने कुरा छ। के चुनाव हेर्ने कुरा हो? चार दिनदेखि लौकाको तरकारी खाइयो, कति खानु भनेर घिरौलाको तरकारी खानु हो? देश जिम्मा लगाउने कुरा भनेको स्वाद फेरेजस्तो कुरा होइन।
विगतमा कसले के भूमिका कसरी निर्वाह गरेको छ? मुलुकलाई विगतको कुन कालखण्डमा कसले सम्हाल्ने काम गरेको छ? यो कुरालाई मतदाताले हेर्नुपर्छ।’




















प्रतिक्रिया