Logo

राजनीति

‘लहैलहै’ को राजनीतिले निकास दिँदैन, देशलाई कांग्रेसकै नेतृत्व चाहिन्छ: अजयबाबु शिवाकोटी



दोलखा। नेपाली कांग्रेस दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले देशको वर्तमान राजनीतिक अन्योल चिर्न र सबै पक्षलाई समेटेर लैजान कांग्रेसको नेतृत्व अपरिहार्य रहेको बताएका छन्

। दोलखाको शैलुङ गाउँपालिकामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

सम्बोधनका क्रममा नेता शिवाकोटीले प्रजातन्त्र र कांग्रेस एकै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै भने, “इतिहास साक्षी छ—जब-जब नेपाली कांग्रेस कमजोर भयो, तब-तब प्रजातन्त्र सङ्कटमा पर्यो ।

कहिले कांग्रेस बलियो हुँदा घेराबन्दी गरेर प्रजातन्त्र निमोठ्ने प्रयास गरियो भने कहिले कांग्रेस कमजोर हुँदा मुलुकले नै दुःख पायो।”

आजको राजनीतिक अवस्थालाई चित्रण गर्दै उनले थपे, “आज देश एक प्रकारको ‘लहैलहै’ र ‘भुलभुलैया’मा अल्झिएको जस्तो देखिएको छ।

यो अन्योलबाट राष्ट्रलाई निकास दिन सक्ने देशको एकमात्र ‘मियो’ नेपाली कांग्रेस नै हो । त्यसैले लोकतन्त्रलाई संस्थागत गर्न यस पटक कांग्रेसलाई जिताउनुको विकल्प छैन।”

शिवाकोटीले आन्तरिक राजनीतिक सन्तुलन र वैदेशिक सम्बन्धलाई सुदृढ बनाउन पनि कांग्रेसकै नेतृत्व आवश्यक रहेकोमा जोड दिए ।

“सबै पक्षलाई समेटेर निकास दिने र वैदेशिक शक्तिहरूसँग समेत सन्तुलित सम्बन्ध राखेर मुलुकलाई अघि बढाउन सक्ने सामर्थ्य केवल कांग्रेससँग मात्र छ”, उनले भने।

शैलुङका विभिन्न वडाहरूमा घरदैलो र कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका शिवाकोटीले मतदाताहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले कांग्रेसको विजय सुनिश्चित भएको दाबीसमेत गरे।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार २१:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।