काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न सर्वसाधारणमा आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले त्यसो नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए।
उनले भने, ‘पेट्रोलियम पदार्थ आयात पाइप लाइनमार्फत नियमित रूपमा भइरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा आयात जारी रहनेछ।’
उनले पेट्रोलियम पदार्थको अनावश्यक रूपमा जेरी क्यान, ड्रममा स्टोर गर्दा हुन सक्ने सम्भावित आगजनी दुर्घटनाको जोखिमलाई दृष्टिगत गरी जेरी क्यान, ड्रममा पेट्रोलियम भर्न निषेध गरिएको बताए।
सम्भावित आगजनीजन्य दुर्घटना जोखिम न्यूनीकरण गर्न आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरी सहयोग गर्न पनि नियमले सम्पूर्ण उपभोक्तामा अनुरोध गरेको छ।




















प्रतिक्रिया