महिला अधिकार संगै,
गर्छु है पुरुष अधिकारको कुरा,
भन्न पर्दा खासमा, महिला र पुरुष,
एक अर्काबिना अधुरा।
पुरक एकअर्काको भए पनि,
लैंगिक पहिचानले फरक बनायो,
अब बल्ल आएर प्रकृति र समाजको कुरा आयो।
कति धेरै प्रसिद्ध छ नि,
मीरा ढुंगाना मुद्दा,
नाम त थाहा छ, बाकी कुरा भनौं,
के रहेछ यो बुझ्दा?
मुलुकी ऐन र संविधान ४७को,
बाझियो भन्ने कुरा,
के रहेछ यी प्रावधानमा,
बुझौं है यो कुरा।
छोरा र छोरी के,
हैनन र बराबर?
यदि समान छन् भने,
सम्पत्तिको हकको कुरा गर।
छोराले जन्मजात नै सम्पत्ति पाउने,
छोरी अविवाहित र ३५ हुनु पर्छ?
के यो प्रावधानले,
कानुनको शासन छर्छ ?
२६ वर्षकी मीरा ढुंगानाको रिट,
मिलेर २४ वर्षकी मिरा खनाल सित,
मुलुकी ऐन र संविधान बझिदा,
के हुन्छ समाजको हित?
पुष्पा भुसाल, सपना प्रधान, शान्ता थपलिया, कृष्ण प्रसाद पन्त,
निवेदकको तर्फबाट बहस गर्ने,
राधेश्याम अधिकारी, उपेन्द्र आचार्य र शतिकृष्ण खरेल,
त्यहीं संगै पर्ने।
अधिवक्ता हुनुहुन्थ्यो सबैजना,
बहस गर्ने जना सात,
दुइजना विपक्षे तर्फबाट,
हुदै छ नि केही ज्ञात?
बलराम केसी र नन्दबहादुर सुवेदी,
वकिल दुवैजना सरकारी,
जे आउला आदेशमा,
हुन्छ र समाजमा जारी?
अदालतको मित्र दुइजना,
अधिवक्ता बालकृष्ण न्यौपाने र गणेश राज शर्मा,
नतिजा त आउला तर,
लागु होला घर घरमा?
छोरीले लगे, बुहारीले ल्याउछिन,
किन आएन कसैको मनमा,
ल्याउन सक्लान र परिवर्तन,
एघारौं संसोधनमा।
आज नै ल्याउदा फरक कुरा,
उथुलपुथुल समाजको नीति,
कता कता चल्न सक्छ?
खोज समाजको रिति।
समाजशास्त्रीसंग छलफल गर्न,
दियो है १ वर्ष,
मुलुकी ऐनको संसोधनमा छुटेको कुरा,
देवानी संहिताले पुरा गर्छ।
हो, देवानी संहितामा छ है,
समान सम्पत्ति पाउने प्रावधान,
अब सबैजनाले आफै
आफै गरौं है यो भान।
के ठीक हो यो प्रावधान,
आज प्रश्न गर्छन यो भनी,
बनाउन खोजेको हैन कानुनले,
छोरा भन्दा छोरीलाई धनी।
जमिन र अंश पुस्तौको लागि हो,
दुई तर्फ़को नाति नातिनीको अधिकार,
हजुरबा र हजुरआमाको माया,
अनि स्वर्गको ढोका खोल्ने भार।
२०७२ साल पछि विवाह भएकी छोरी,
उसको माइती सदैव हो उसकै,
अंशको हकसंग आएको साथ,
कसरी बुझाउने र खै।


















प्रतिक्रिया