Logo

समाचार

नक्कली सुनसहित ४ जना पक्राउ, ठगीको आशंका



काठमाडौँ । रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित एक होटलबाट नक्कली सुन जस्तो देखिने धातुसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरीका अनुसार मिति २०८२ चैत १० गते अपराह्न करिब ४:४५ बजे चन्द्रपुरस्थित जगत रिसोर्ट होटलको कोठा नम्बर १०२ मा सुनचाँदीको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली खटिएको थियो।

प्रहरी नायव उपरीक्षक रुपा लाबुङको कमाण्डमा खटिएको टोलीले कोठा जाँच गर्दा चार जना पुरुषलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

उनीहरूको शरीर तथा कोठा खानतलासी गर्दा “PAMP” र “CREDIT SUISSE 10g FINE GOLD 999.9” लेखिएको प्याकेटमा राखिएको पहेंलो रंगको नक्कली सुन जस्तो देखिने धातु ४ थान, थप गरी जम्मा ७ थान धातु बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै, घटनास्थलबाट ६ थान मोबाइल फोन र “ANTICK MAGNIFYING BINOCULAR” लेखिएको एक उपकरणसमेत बरामद गरिएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले उक्त नक्कली सुन प्रयोग गरी ठगी गर्ने उद्देश्य राखेको देखिएको छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलवार २१:१५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।