जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले घुसको रकमसहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकलाई पक्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गरी प्रहरी निरीक्षक ओकिल अधिकारी पक्राउ परेका हुन् ।
पूर्व–पश्चिम राजमार्गमा रहेको धनुषाको लालगढबाट पक्राउ परेको आयोग बर्दिबासका सूचना अधिकारी प्रकाश पोखरेलले बताए ।
अख्तियारका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो । सोही क्रममा उनलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार स्रोतले जनाएको छ ।
उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।


















प्रतिक्रिया