Logo

राजनीति

नेकपा विवाद चुलिँदै गएपछि प्रचण्डले गरे अर्थमन्त्री पौडेल र नेम्वाङबीच छलफल



नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका छन् । पछिल्लो समयमा नेकपाको आन्तरीक विवाद चुलीदै गएपछि प्रचण्डले पौडेल र नेम्वाङबीच छलफल गरेका हुन् । उनले पार्टी कार्यालय धुम्बाराहीमा पौडेल र नेम्वाङलाई बोलायर छलफल गरेका हुन् । दुवै नेतासँग प्रचण्डले छुट्टाछुट्टै छलफल गरेका हुन् । यसको जानकारी प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दिएका हुन् । 

नेकपाको गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले यसअघि सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए । साथै उनले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । 

प्रकाशित मिति : मंसिर ४, २०७७ शुक्रबार  २ : १२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।