Logo

राजनीति

प्रचण्डका आरोपको एकएक गरी जवाफ खोज्दै ओली, ठेगाना लगाउने तयारी



नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले लगाएका आरोपको एकएक शब्दको जवाफ खोज्दै छन् । ओली र दाहालबीचको पत्रको जुहारी अर्को सचिवालय बैठकमा झन् घमासान हुने देखिएको छ।

प्रचण्डलगायतका नेताहरुको प्रस्तावलाई ओलीले आफूमाथिको गम्भीर आरोप भनेका छन् । अबका केही बैठकमा अध्यक्ष द्वयबीचको पत्रको दोहारी चल्ने देखिएको छ।

मंसिर १३ गते बस्ने भनिएको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रचण्डको प्रस्तावलाई मसिनो ढंगले अध्यक्ष गर्दै कडा रुपमा लिखित जवाफ प्रस्तुत गर्नेछन् । यसले नेकपामा फेरि हलचल ल्याउने पक्काछ ।प्रचण्डले आफूमाथि लगायतको आरोपमा कुनै सत्यता नभएको जनाउँदै ओली कुनै पनि हालतमा मान्न तयार छैनन् । जटिल मोडमा उभिएको नेकपाको विवाद केहीहदसम्म मोडिन खोजे पनि संकट भने पार गरेको अवस्था होइन ।

ती आरोपहरु अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण भएको जनाउँदै ओलीले बैठक नै आरोपको जवाफ दिने उपयुक्त थलो ठानेका हुन् ।नेकपाभित्र पत्रको सबाल जवाफ केही समयदेखि नै चलिरहेकोे देखिन्छ । बैठकमा प्रस्ताव प्रस्तुत गर्ने पार्टीको विधि भिन्नै रहेको भन्दै आएका ओली त्यसलाई व्यक्ति विशेष आरोपपत्र भन्न रुचाउँछन् ।ओली भन्छन् एउटा अध्यक्षलाई जानकारी नभइकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन ।

आरोपको छिनोफानो नभइकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मिल्दैन भन्दै ओली कि त आरोप सदर ठहरिनुपर्यो अथवा आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले नै यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्छ भन्ने लाइनमा अघि बढेका छन् ।

प्रचण्डको प्रस्ताव ओलीलाई हटाउने नै माग हो तर, पहिले जस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट, अध्यक्षबाट हट भन्ने भाषा छैन। यसमा पहिले छिनोफानो हुनुपर्छ भन्ने ओलीको अडानछ ।

जीवनमा कहिल्यै कसैले यस्ता आरोप नलगाएका ओलीलाई उकुसमुकुस र छटपट्टी गराएको छ । आफनो राजनीति करियन नै सिध्याउने मनसायका साथ प्रचण्ड लगायतका पृष्ठमूमिका पाँच जना साथी खुलेर उत्रिएकोमा उनलाई चित्त दुखाईछ । झुठा र निकृष्ट लाञ्छना सहने स्थितिमा ओली देखिदैनन् । नेकपामा धेरै नै जालझेल , तिक्डम र गुटबन्दीबढी भयो भन्ने सोही पार्टीका नेताहरुलाई लागेको छ ।

प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार  २ : ३३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।